
दाङ्ग । टिकापुर घटनामा निर्दोष ब्यक्तिलाई सरकारले फसाउन खोजिरहेको भन्दै त्यसको विरुद्धमा थरुहट थारुवान संघर्ष समितिले निर्णायक आन्दोलन गर्ने जनाएको छ ।
संघर्ष समितिले थरुहट थारुवानका नेता रेशम चौधरी सहित टिकापुर घटनामा प्रक्राउ परेका थरुहट थारुवानका नेता कार्यकर्ताको विना शर्त रिहाईको माग गर्दै निर्णायक आन्दोलन तयारी गरिरहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
थरुहट थारुवान संघर्ष समितिका अध्यक्ष लक्ष्मण थारुले दाङको लमहीमा पत्रकार सम्मेलन गरी टिकापुर घटनाको सत्यतथ्य छानविन हुनुपर्ने र विना कारण प्रक्राउ गरेको नेता रेशम चौधरी सहितका नेता कार्यकर्ता रिहाई हुनुपर्ने शर्त अघि सोका छन् । नेता थारुले टिकापुर घटनालाई राजनीतिक रुपमा समाधान गर्न आग्रह गर्नुभएको छ ।
अबको आन्दोलन निणर्ायक हुने र काठमाण्डौ केन्द्रित हुने लक्ष्मण थारुले जानकारी दिए ।
थरुहट थारुवानले तेस्रो चरणको आन्दोलनको तयारीको लागि मेची महाकाली अभियान शुरु गरेको छ । साउन महिनाबाट शुरु भएको अभियान जारी रहेको र यो अभियानमा शक्ति संचय गर्ने गरी काम भइरहेको बुझीएको छ । संगै नेता कार्यकर्ता भेटघाट र प्रशिक्षण भइरहेको छ । २०७२ भदौ ७ गते कैलालीको टिकापुर घटनामा सुरक्षा कर्मीका उच्च पदस्थ व्यत्ति सहितका सुरक्षा कर्मीको हत्या भएको थियो ।
उक्त घटनामा रेशम चौधरी संलग्न रहेको अभियोगमा जेलमा छन् । २०७४ सालको संघीय चुनावमा वारेस नामबाट उम्मेदवारी दर्ता गराएर निर्वार्चीत भएर पनि साँसद चौधरी संसदमा उपस्थित हुन पाएका छन ।


दर्शन खबर । २० आश्विन २०७८, बुधबार