श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लियो


काठमाडौंबाट । नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएको छ । जहाजको पछाडिको चक्का चिप्लिएर घाँसे मैदानमा पुगेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलाले जानकारी दिए ।
‘अल्फा नोभेम्बर फोस्टर’ कलसाईन भएको जहाजको पछाडिको चक्का घाँसे मैदानमा ओभरल्याप भएको छ । फ्लाईट नम्बर ४२१ विमानमा ७६ जना यात्रु नेपालगञ्ज जान लागेका थिए । उनिहरुलाई विमानबाट ओरालिएको छ ।


तपाईको प्रतिक्रिया