काठमाडौँ । फलामे छडको भाउ प्रतिकेजी ४ रुपैयाँ घटेको छ । नेपाल फलामे छड उत्पादक संघले विज्ञप्ति जारी गर्दै छडको लागत घट्ने जनाएको हो । नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी ४ रुपैयाँ घट्ने जानकारी संघले दिएको छ ।
लागत घटेकाले त्यसैअनुसार प्रतिकेजी ४ रुपैयाँ घटाई छड बिक्रीवितरण गर्न पनि संघले उद्योगीहरुलाई अनुरोध गरेको छ ।
सरकारले २५ भदौमा ल्याएको प्रतिस्थापन बजेटबाट स्पन्ज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तःशुल्क नलाग्ने व्यवस्थाको स्वागत गर्दै संघले नयाँ व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत घटेको स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया