हुम्लामा नेपाली कांग्रेसको समानान्तर कमिटी घोषणा


हुम्ला । नेपाली कांग्रेस हुम्लामा समानान्तर कमिटी गठन गरिएको छ । हुम्ला प्रदेश ‘क’ बाट सुरु भएको विवाद अन्ततः समानान्तर समिति गठनमा पुगेको छ ।
प्रदेशसभा ‘क’ को अधिवेशन वहिष्कार गरेको पौडेल पक्षले जिल्ला अधिवेशनलाई समेत वहिष्कार गरी रामबहादुर भण्डारीको सभापतित्वमा समानान्तर समिति घोषणा गरिएको हो । संस्थापन पक्षले पार्टीको विधान र सिद्धान्तविपरीत निर्वाचन गरेको दाबीसहित नेता पौडेल समर्थक पूर्वसांसद रीता शाही र निर्वाचन क्षेत्र ‘क’ का समानान्तर समिति सभापति लोकेन्द्र भण्डारीको अगुवाइमा जिल्ला समानान्तर समिति घोषणा गरिएको छ ।
समानान्तर समितिको उपसभापतिमा पेमा तामाङ र तिलक शाही, सचिवमा चन्दा फडेरा र लोकेन्द्रबहादुर लामालाई चयन गरिएको छ । सहसचिवमा राजप्रसाद जैसी, खुला सदस्यमा जनक शाही, जगतबहादुर धामी, छिरिङयाङजु लामा, धर्मदत्त फडेरा, जस फडेरा, सुनिता बुढा, घमन्डी मल्ल चयन भएका छन् ।
यस्तै, खस आर्यमा दाने फडेरा, विक्रम बुढा, दलितबाट लालकला विक, जनजातिबाट पासाङ बुढाथोकी, जनक तामाङ, खस आर्य महिला सदस्यमा नानीकला शाही, मायादेवी शाही चयन भएका छन् ।
पौडेल पक्षको समानान्तर समितिको सदस्यमा गुठबहादुर सिंह, प्रेमबहादुर बुढाथोकी, दीपक बुमी, पे्रमा सुनार चयन भएको निवार्चन क्षेत्र ‘क’ का समानान्तर समितिका सभापति भण्डारीले बताए ।
हुम्लामा संस्थापन पक्षले एकलौटी निर्वाचन गर्न लगाएर शक्तिको दुरुपयोग गरेकोले समानान्तर समिति गठन गर्नुपरेको उनले दाबी गरे ।

तपाईको प्रतिक्रिया