चितवनले भैरहवालाई दियो १६५ रनको लक्ष्य


काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) को आज सोमबार जारी खेलमा लिग तालिकाको शीर्षस्थानमा रहेको चितवन टाइगर्सले भैरहवा ग्लाडिएटर्सलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
चितवनले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १६४ रन बनाएपछि भैरहवाले १६५ रनको लक्ष्य पाएको हो ।
चितवनका लागि मोहम्मद साचजादले ३२, करिम जन्नतले ३५ र सेकुगे प्रसन्नले २४ रन बनाए । त्यस्तै, भीम सार्कीले १६, राजेश पुलामीले १४ र दिलीप नाथले १३ रन जोडे ।
यता भैरहवाका अभिनास बोहराले ३ विकेट लिए भने कुशल मल्लले दुई विकेट गिराए। धम्का प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान १-१ विकेट गिराए ।


तपाईको प्रतिक्रिया