
इटहरी । इभिनिङ वाकमा निस्केकी महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।
इटहरी उपमहानगरपालिका ८ भुर्कीमा ३० वर्षीया महिलामाथि असोज १५ गते सामूहिक बलात्कार भएको हो । तर यो घटना भने प्रहरीले सोमबार मात्रै सार्वजनिक गरेको छ ।
ती महिलालाई अपरान्ह ५ बजे ६ जना पुरुषले कुटपिट गरी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कुटपिटपछि धान खेतमा लगेर उनीमाथि सामूहिक बलात्कार भएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए ।
बलात्कारपछि ती महिलाको दुई तोला चार आनाको सुनको सिक्री र नगद तीन हजार लुटपाट भएको उनले बताए ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये चार जना नाबालक १८ वर्ष मुनिका छन् ।
अर्का एक जना भने फरार रहेको प्हरीले जनाएको छ ।


दर्शन खबर । १८ आश्विन २०७८, सोमबार