परमाणु वार्ताका लागि अमेरिकाले शर्त राखेकाे  इरानकाे खुलासा

सुर्खेत। अमेरिकाले सर्तसहित परमाणु वार्ताका लागि प्रस्ताव गरेको इरानले खुलासा गरेको छ।

इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनले अमेरिकी अधिकारीहरुले पछिल्लो महिना परमाणु वार्ता पुनः सुरु गर्ने कोशिस गरेको बताए। यद्यपि अमेरिकाले वार्ताका लागि रोकिएको १० बिलियन डलर सद्भावनाको रुपमा तिर्नुपर्ने शर्त राखेको बताए।

इरानले अमेरिकाले राखेको उक्त शर्तसहितको प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेको विदेशमन्त्री हुसेनले जानकारी दिए। यसअघि सन् २०१५ को परमाणु सम्झौता पुनस्र्थापना गर्ने सम्बन्धमा अप्रत्यक्ष वार्तापनि रोकिएको थियो।

अमेरिकाले वार्ताका लागि गत महिना संयुक्त राष्ट्रसंघमा मध्यस्थकर्ताको माध्यमबाट इरानका विदेशमन्त्रीलाई सम्पर्क गर्ने प्रयास गरेको इरानको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ।

इरानको बैंकिङ र उर्जा क्षेत्रमा अमेरिकी प्रतिबन्धका कारण इरानको तेल र ग्यास निर्यातबाट जम्मा भएको अर्बौ डलर विदेशी बैंकहरुमा रोकिएको छ।