
सल्यान । बागचौर नगरपालिका–२ गैरी करिब ५४ वर्षीया रामकली खत्री मृत फेला परेको छन्। उनी शनिबार साँझ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए।
शनिवार दिउँसो करिब साढे ४ बजे माइत जान्छु भनी घरबाट निस्किएकी रामकली घरदेखि करिब एक किलोमिटरको दूरीमा रहेको ठाटीचौरको कच्चीबाटोमा मृत फेला परेको थापाले बताए।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि कोहलपुरबाट तालिम प्राप्त कुकुर ल्याउने प्रहरीले बताएको छ।


दर्शन खबर । १७ आश्विन २०७८, आईतवार