
सुर्खेत । स्व. डाक्टर हरी सापकोटाको सम्झानामा कर्णाली प्रदेश अस्पताल परिसरमा शालिक स्थापना गरिएको छ ।
कणर्ालीमा लामो समयदेखी कार्यरत डा. हरि सापकोटाको निधन भएको आज एक वर्ष पूरा भएको अवशरमा शालिक स्थापना गरिएको हो ।
अस्पताल व्यवस्थापन समिति र अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काको अगुवाईमा शालिक स्थापना गरिएको हो । साथै अस्पताल परिसरमै डा. हरि सापकोटा अर्थोपेडिक वार्ड समेत आजैदेखी सञ्चालनमा ल्याइएको छ ।

निर्देशक प्रा.डा. खड्काले एउटा अनुभूवि चिकित्सक गुमाउँदाको पीडा ताजै भएको भन्दै सापकोटाले पुर्याएको योगदानको उच्च कदर गर्दै शालिक स्थापना र वार्ड सञ्चालन गरेका जानकारी दिए ।
डा. सापकोटा प्रदेश अस्पतालमा ११ औं तहमा वरिष्ठ अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए ।
२०७७ साल भदौ ३० गते कोरोना पुष्टि भएपछि प्रदेश अस्पतालले नेपालगञ्जको भेरी अस्पतालमा रेफर गरेको थियो । हाडजोर्नीको बिषेशज्ञ डाक्टर सापकोटाको आजैको दिन कोरोनाको कारण नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको थियो ।


दर्शन खबर । १५ आश्विन २०७८, शुक्रबार