
उनीको स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघिदेखि अस्पताल भर्ना गरिएको थियो । तर, सुधार नभएपछि थप उपचारका लागि डाक्टरको सल्लाहमा नै उनी बैंकक गएको उनको सचिवालयले जनाएको छ । उनीलाई फेरि जण्डिस देखिएको छ । यसअघि पनि स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि थाइल्याण्ड गएका थिए । पाँच वर्षयता नेता पुनले बैंककमा नियमित उपचार गराइरहेका छन ।


दर्शन खबर । १३ आश्विन २०७८, बुधबार