कर्णालीका जिल्लाहरुमा खाद्यान्नको माग बढ्यो

सुर्खेत । कर्णालीका पहाडी तथा हिमाली जिल्लाहरूमा खाद्यान्नको माग बढ्दै गचाडपर्व नजिकएसंगै हिमाली जिल्लाहरूमा मानसरोवर जाने पर्यटकमा वृद्धी भएको कारणले पनी खाद्यान्नको माग बढेको हो ।
माथिल्लो डोल्पा बाहेक कर्णालीका सबै खाद्य डिपोमा पर्याप्त चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कणर्ाली प्रादेशिक कार्यालयले जनाएको छ । मुगु लगायत कतिपय जिल्लाहरूमा स्थल मार्गबाट चामल ढुवानी भइरहेकाले सङ्कटको अवस्था नरहेको कम्पनीका सुर्खेत कार्यालय प्रमुख माधव मिश्रले जानकारी दिए ।
कम्पनीको सुर्खेत गोदामबाट सोमबार मुगुका लागि स्थल मार्गबाट खड्का निर्माण सेवाले १ सय ७० मेट्रिक टन चामल पुर्‍याएको कम्पनीले जनाएको छ ।
सुर्खेत स्थित कम्पनीको गोदाममा अहिले पनि पहाडी तथा हिमाली जिल्लामा पठाउनका लागि २२ हजार क्विन्टल चामल मौज्दात रहेको कार्यालयले जनाएको छ ।
हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा चामलको माग बढीरहेको छ ।
निजी क्षेत्रभन्दा सरकारी चामल सस्तो हुने हुँदा यी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको माग बढ्दै गएको हो ।
सुर्खेत र नेपालगन्जबाट पहाडी जिल्लाका २१ स्थानमा चामल ढुवानी हुन्छ । कम्पनीको सुर्खेत गोदाममा अरुवा मोटा चामल, अरुवा मध्यम र स्टिम जिरा मसिनो चामल पाइन्छ ।
भित्री मधेश भन्दा पहाडी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको माग बढी छ ।


तपाईको प्रतिक्रिया