राष्ट्रिय जनगणना-२०७८ को संशोधित कार्यतालिका स्वीकृत

काठमाडौँ । सरकारले राष्ट्रिय जनगणना-२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । यसअघि कोरोना महामारीका कारण जनगणनासम्बन्धी कार्यतालिका प्रभावित भएको थियो ।
बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि करिब ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निणर्य गरेको उनले जानकारी दिए । यस्तै अन्तराष्ट्रिय विकास संस्थामार्फत नै स्वास्थ्य क्षेत्र सुधारका लागि रु ४५ अर्ब ९४ करोड बराबरको अतिरिक्त सहुलियतपूणर् ऋण सहयोग स्वीकार गर्ने निणर्य पनि बैठकले गरेको छ ।
यस्तै बैठकले दार्चुलाको छाङ्गरुमा सुरक्षाकर्मी बस्ने ब्यारेक भवन निर्माण गर्ने निणर्य पनि गरेको छ भने स्वर्गीय विपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार गर्ने निणर्य पनि भएको छ ।
यसबाहेक आर्थिक वर्ष २०७८-०८९ का लागि विभिन्न आयोजनाका लागि स्थायी तथा अस्थायी दरबन्दी सिर्जना गर्ने निणर्य पनि भएको छ ।
कार्कीले छिट्टै मन्त्रिपरिषद्ले पूणर्ता पाउने र बजेटबारे पनि छलफल भइरहेको सो क्रममा जानकारी दिए ।