हुम्लामा पाँच जना जनप्रतीनिधीले गरे नेकपा एसमा सनाखत

हुम्ला । हुम्लामा ५ जना जना जनप्रतीनिधीले नेकपा एकिकृत समाजवादीमा सनाखत गरेका छन् । जिल्ला समन्वय समिति एक जना र गाउँपालिकाको कार्यपालिका सदस्य सहित वडामा निर्बाचित पाँच जनाले नेकपा एमाले दल त्यागमा सनाखत गरेका हुन् । उनिहरु सबै नेकपा एमालेको दल त्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत) समाजवादी) मा समाहित भएका हुन् ।
जिल्ला समन्वय समितिका सदस्य अजबिर शाहीले आफूले उक्त पद नेकपा एमाले त्यागेर जिल्ला निर्वाचन कार्यालयमा गई दल त्यागमा सनाखत गरेको जानकारी दिए । अदानचुली गाउँपालिकाको कार्यपालिकाका सदस्य पम्फा शाही, वडा नम्बर ३ का वडा सदस्य, गोर्ख थापा, खड्क बुमी र वडा नम्बर ४ का वडा सदस्य हस्त बुमीले दल त्यागमा सनाखत गरेका हुन् ।
अदानचुली गाउँपालिकाको कार्यपालिका १४ सदस्यीय भएकोमा एमालेका ११ जनामा दश जनामा सीमित हुन पुगेको छ । यद्यपि उक्त गाउँपालिकाको कार्यपालिकामा एमाले भने बहुमतमै रहने छ । पार्टी विभाजनपछि पहिलो पटक हुम्ला पुगेका युवासंघका सचिव हस्त बहादुर शाही, एमाले सचिव तीर्थराज रोकाया र प्रदेश कमिटी सदस्य शिवराज शर्मामा उपस्थितिमा कार्यालयमा गएर पाँचै जनाले दल त्यागका दस्तखत गरेका हुन ।

तपाईको प्रतिक्रिया