सामुदायीक वनमा लगाईएको मकै नष्ट गरी वृक्षारोपण 


सुर्खेत । लेकवेशी नगरपालिका वडा नम्वर ४ दशरथपुरको वन क्षेत्रमा अनाधिकृत रुपमा लगाईको मकै बाली नष्ट गरिएको छ । सरस्वती सामुदायकि वन क्षेत्र अन्तरगत सिमले र सिरुखाल्टा क्षेत्रमा स्थानिय देवीसरा शाही, युवराज पुन र भिम बहादुर पुनले करिव ५ कट्टा वन क्षेत्रमा लगाएको मकैबाली नष्ट गरिएको हो । सरस्वती सामुदायीक वनका अध्यक्ष ओम रोकायका अनुसार वन क्षेत्रमा बारी बनाई खेती नगर्न पटक पटक पत्राचार गर्दा पनी नमाने पछी सामुदायकि वनका पदाधीकारी र ईलाका बन कार्यालयको सहयोगमा मकै बाली नष्ट गरिएको हो । मकै बाली नष्ट गरि उक्त वन क्षेत्रमा मसला र खयरका गरी करिव १०० वटा विरुवाहरु रोपिएको सरस्वती सामुदायीक वनका अध्यक्ष ओम रोकायले जानकारी दिए । आफुहरुले लगाएको मकै बाली नष्ट गरिदिएको र आफुहरु भोकमरीमा पर्ने भन्दै  स्थानीयहरु देवीसरा शाही, युवराज पुन र भिम बहादुर पुनले असन्तुष्टी व्यक्त गरेका छन् ।


तपाईको प्रतिक्रिया