
काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु भएकोले सचेत हुनुपर्ने अवस्था आएको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले कोरोनाको डेल्टा प्रजातिको भाइरस अझै खतरनाक भन्ने कुरा आएको बताउँदै हवाई माध्यमबाट सङ्क्रमण फैलिने भएकोले पूर्व सतर्कता अपनाउन आग्रह गरेका हुन् ।


दर्शन खबर । ११ श्रावण २०७८, सोमबार