एमयूमा भएको पाचौँ अन्तराष्ट्रिय युवा वैज्ञानीक सम्मेलन सकियो

सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतमा पाचौँ अन्तराष्ट्रिय युवा वैज्ञानीक सम्मेलन सकिएको छ । बुधवार र विहिवार गरी दुई दिन सम्म वीरेन्द्रनगरमा भएको सम्मेलनले वैकल्पीक स्रोत र प्रविधिको विकास गर्ने मुख्य उद्देश्य लिईएको थियो ।
अन्तराष्टिय विज्ञान सामुदायिक संगठन र एमयूको सह–आयोजनामा भएको उक्त सम्मेलन विहिवार विज्ञान तथा प्रविधि केन्द्रिय क्याम्पसको सभाहलमा सम्पन्न भएको हो ।
विज्ञान, प्रविधि, कृषि, पर्यावरण, सामाजिक लगाएतका विभिन्न विधामा ४० वर्षमुनिका उत्कृष्ठ वैज्ञानीक छनौट भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विज्ञान तथा प्रविधि केन्द्रिय क्याम्पस वनस्पती विषयका उप–प्राध्यापक शिवराज घिमिरेले जानकारी दिए
उनका अनुसार सम्मेलनको पहिलो दिन बुधवार चार वटा मुख्य पत्रहरु प्रस्तुतीकरण, प्रस्ताव लेखन, वैज्ञानीक अनुसन्धान प्रकाशन, विज्ञान अनुसन्धानमा तथ्यांक शास्त्र भुमिका लगाएतको विषयमा छलफल तथा प्रस्तुत भएको उप–प्राध्यापक घिमिरेले बताए । पहिलो बुधवार पाँच वटा सेसन भएको थियो भने, जसमा दुई वटा प्लेनरी प्रस्तुती, दुई वटा निमन्त्रणा प्रस्तुती र पोष्टर प्रतिष्पर्धाको प्रस्तुतीकरण भएको उनको भनाई छ ।
युवा वैज्ञानीक प्रतिष्पर्धाबाट विभिन्न विधाका कार्यपत्रको निर्णायक समितिले मूल्यांकन गरी विभिन्न विधामा प्रमाण पत्र तथा मेडल प्राप्त गरेका छन् ।
सम्मेलनका लागि कुल ९५ वटा प्रस्तुतीहरु पठाएकोमा ७० को हाराहारीमा सहभागिता जनाएका थिए । जसमा २३ वटा मौखिक प्रस्तुती भएका थिए ।
विहिवार भएको सम्मेलनको दोस्रो दिन तिन वटा सेसनमा विभाजन गरी कार्यक्रम सञ्चालन गरिएको थियो । सम्मेलनमा अमेरिका, बंगलादेश, भारत, नेपाल, नाइजेरिया लगाएतका पाँच देशका वैज्ञानीकहरुको सहभागिता रहेको थियो । सम्मेलनको समापन समारोहमा सहभागिलाई प्रमाण पत्र वितरण गर्नुका साथै विदेशी विश्वविद्यालयबाट नेतृत्व गरी आएका सभागिलाई मायाको चिनो प्रदान गरिएको छ ।
सम्मेलनको समापनमा विश्वविद्यालयका अनुसन्धान शाखाका निर्देशक प्राध्यापक डा. दिपबहादुर रावलले विश्वविद्यालय प्राज्ञिक क्षेत्र भएको हुदाँ यसको विकासका निम्ति विभिन्न खोज तथा अनुसन्धानमा प्राध्यापक तथा विद्यार्थीहरु लागि पर्नुपर्ने बताए । यस्ता अन्तराष्ट्रिय सम्मेलनहरुमा सवै सरोकारवाला पक्षहरुले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।
त्यसैगरी, विज्ञान तथा प्रविधि केन्द्रिय क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद चपाईले नेपालमा कमैमात्रा हुने अन्तरारष्ट्रिय सम्मेलनहरु पहिलो पटक कर्णालीमा हुनुु भनेको गौवको विषय बनेको उल्लेख गरे । यस्ता सम्मेलनले यहाँको विद्यार्थी तथा प्राध्यापकहरुलाई थप खोज अनुसन्धानमा लाग्ने हौसला प्रदान गरेको बताए ।
सम्मेलनमा संयोजक प्राध्यापक डा. दिपक शर्मा (भारत) बंगलादेश कृषि विश्वविद्यालय डा.अजहरुल इस्लामको समहागिता रहेको थियो ।
विज्ञान तथा प्रविधि संकायका डीन देवबहादुर खड्काले यो सम्मेलन सफलतापूर्वक सम्पन्न भएको साथै आगामी दिनमा पनि देशको विकास का लागि यस्ता सम्मेलनहरुको विभिन्न देशमा रहेका विश्वविद्यालयहरुसंग, हातेमालो गर्दै सञ्चालन गरी विज्ञान तथा प्रविधिको विकास गर्नुपर्नेमा जोड दिए ।


तपाईको प्रतिक्रिया