सुर्खेत । सुर्खेतमा पनि नेपाली कांग्रेस आसन्न हुन गईरहेको महाधिवेशनमा होमिएको छ । कांग्रेस केन्द्रमा जस्तै सुर्खेतमा पनि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा पार्टी विभाजित छ । पौडेल समूहको नेतृत्व कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानी र देउवाको पक्षको नेतृत्व बहालवाला महामन्त्री पूर्णबहादुर खड्काले गर्दै आएका छन् ।
जिल्ला तहको नेतृत्वमा पछिल्लो समय थानी समूहको पकड छ । यसपालि पकड कायमै राख्ने थानी समूहको जोडबल छ । पकड भत्कन नदिन उसले बहालवाला सभापतिलाई दोहो¥याउने घोषणा गरिसकेको हो । नेतृत्व हत्याउन थानी समूह गाउँगाउँ छिरेको छ । जिल्ला नेतृत्वमा थानी समूहका पकड भत्काउने खड्का समूहले साविकका निर्वाचन क्षेत्र नं. ३ र १ का नेताहरुलाई एउटै ठाउँमा ल्याउने कसरत गरिरहेको छ ।
साविक तीन क्षेत्र रहेको सुर्खेतमा कुनै समय क्षेत्र नं. १ मा खड्का, क्षेत्र नं. २ मा थानी समूहको बाहुल्य थियो । क्षेत्र नं. ३ ले जसलाई सहयोग ग¥यो नेतृत्व उसकै पक्षमा पर्थ्यो। अहिले संरचना बदलिएको छ । हाल सुर्खेतमा प्रतिनिधितर्फ दुई र प्रदेशतर्फ चार निर्वाचन क्षेत्र छन् । तर संघीयतापछि महाधिवेशन नभएका कारण साविक कमिटी सक्रिय छन् । साविक ३ निर्वाचन क्षेत्रलाई आधार मान्दा खड्का समूहको पकड देखिन्छ । खड्का समूहमा क्षेत्र नम्बर नं. १ का सभापति खड्क पोखरेल, क्षेत्र नं. ३ का सभापति लालवीर भण्डारी छन् भने थानी समूहमा क्षेत्र नं. २ का सभापति नारायण कोइराला छन् ।
प्रदेशतर्फ चार निर्वाचनमा दुवै समूह बराबर छ । दुबै समूहमा दुई–दुई जना बहालवाला सभापति छन् । थानी समूहमा प्रदेश निर्वाचन क्षेत्र नं. १ (क) का सभापति उमलाल पाण्डेय र प्रदेश क्षेत्र नं. १ (ख) का सभापति केशर वली छन् । प्रदेश क्षेत्र नं. २ (क) का सभापति कर्ण बुढा र प्रदेश क्षेत्र नं. २ (ख) का सभापति कृपा थापा भने खड्का समूहमा छन् ।


दर्शन खबर । ११ श्रावण २०७८, सोमबार