सुर्खेत । लेकवेशी नगरपालिका र भेरीगंगा नगरपालिका जोड्ने दशरथपुर रामघाट झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । भेरीगंगाको वडा नम्वर ११ रामघाट र लेकवेशीको वडा नम्वर ४ दशरथपुर जोड्ने झोलुङ्गे पुलको तार चुडिएको छ भने पुलको विचमा रहेका पल्ला उककीएका छन् । पुललाई अडाईएका केही तारहरु चुडीएर भेरिमा झरेका छन् । दैनीक सयौँको संख्यामा स्थानिय नागरिक तथा मोटरसाईकलहरु ओहोर दोहोर गर्ने पुल जिर्ण बन्दै गएपछी दुर्घटनाको जोखीम बढेको स्थानिय दिपक चन्दले बताए । पुलकोे वजन लाई धान्ने लहरा छुटेको छ, पुलको मुख्य नसा डन्डी चुडेको छ पुलको सेलेप भत्कीएको छ , तारहरु चुटेर भेरीमा खसेको छ, उनी भनछन, ।
लेकवेशीका वडा नम्वर ३,४,५,६ का नागरिकहरुलाइृ पुल जिर्ण हुदाँ दुघटनाको जोखमि बढेको दशरथपुरका स्थानिय गोपाल शर्माले बताए । लेकवेशीका नगर प्रमुख गगन सिं सुनारका पुुलको ममृतका तका लागी भेरिगंगा नगर पालिकाका संग समन्वय गरी काम अगाडी बढाउने बताए । उनले भने पुल जिर्ण भएको खबर पाएको छु, तत्काल अनुगमन गरी पुल मर्मतका लागी प्रदेश र संघ सरकारलाई पनी जानकारी गराउने तयारी गरेका छौँ । यस्तै भेरिगंगाका प्रमुख भुपेनद्र बहादुर चन्दले पुल मर्मतका लागी लेकवेशी नगरपालिका संग समन्वय गरि काम सुरु गर्ने जानकारी दिए ।
२०६० सामा ससत्र द्धन्दको समयमा तत्कालीन विद्रोही पक्षको तर्फबाट ढालीएकाे पुल पहिलो संधान सभा निर्वाचन बखत २०६४ सालमा पुनः निर्माण गरीएको थियो ।


दर्शन खबर । ३ श्रावण २०७८, आईतवार