लेकवेशीको नवौँ नगरसभा सम्पन्न


सुर्खेत ।
लेकवेशी नगरपालिका सुर्खेतको नवौँ नगर सभा सम्पन्न भएको छ । २०७८ आषाढ १० देखी सुरु भएको नऔं नगरसभा आषाढ २७ गते सम्पन्न भएको हो ।
२७ गते लेकवेशी नगरपालिकाका नगर प्रमुख गगन सिं सुनारको अध्यक्षतामा सम्पन्न भएको सभामा नगर–उप प्रमुख शान्ति कुमारी छन्तेलले पेश गरेको आ व २०७८÷७९ को बजेट सर्वसम्मत पारित भएको छ ।
त्यस्तै सभाले लेकवेशी नगरपालिकाको आर्थिक विधेयक – २०७८, शिक्षा विधेयक – २०७८, विनियोजन विधेयक – २०७८, सु – शासन विधेयक २०७८ सर्वसम्मत रुपमा पारित गरेको छ ।


तपाईको प्रतिक्रिया