ब्यावसायीक कुखुरा पालन तथा आधुनिक कृषि खेती सम्बन्धी तालिम सम्पन्न


सुर्खेत ।
जिल्लाको लेकवेशी नगरपालिकामा ७ दिने कुखुरा पालन तथा ७ दिने आधुनिक कृषि खेती सम्बन्धी तालिम सम्पन्न सम्पन्न भएको छ । मुख्यमन्त्री जीविको पार्जन कार्यक्रम अन्तर्गत उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेशको आर्थिक सहयोग तथा दशरथपुर एकिकृत दिदी बहिनी लघुउद्यम समूहको आयोजनामा कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
लेकवेशी नगरपालिकाका नगर प्रमुख गगन सिं सुनारको प्रमुख आतिथ्यता तथा सुमित्रा शाही (रावल) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सव–इन्जिनियर भुवन वि.सी., सरिता ऐडी, तिलक प्रसाद पाण्डे, राम बहादुर चपाई लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया