कालिकोटको पचालझरना पर्यटकिय गन्तव्य बन्दै

सुर्खेत । सरकारले कालिकोटमा रहेको पचाल झरनालाई नेपालकै अग्लो झरनाको मान्यता दिए पछी पर्यटक बढ्न थालेका छन् ।
एसियाको दोश्रो अग्लो तथा नेपालको सबै भनदा अग्लो पचाल भरना कालिकोट सदरमुकाम मान्म बाट २६ किलोमिटर टाढा उत्तरपश्चिममा पर्दछ ।
यस भन्दा पहिला नेपालको सबै भन्दा अग्लो झरनाको रुपमा तेह्रथुमको ह्यातुङ झरनालाई मानयता दिईएको थियो भने अहिले सरकारले नै नेपालको सबै भन्दा अग्लो झरनाको रुपमा कालिकोटको पचाल झरनालाई मान्यता दिएको छ ।
पहिला भुतीनी छहराको रुपमा पचाल झरना अहिले प्राकृतिक सम्पदाको रुपमा स्थापित हुदै गएको छ ।
अहिले सम्म कुनै पनि आन्तरिक र बाह्य पर्यटकको रोजाईमा नपरेको नेपालको सबै भन्दा अग्लो पचालझरनामा स्थानिय सरकारको गठन पछि आन्तरिक पर्यटकहरु आउन थालेको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिए ।
पहिलो चरणमा सडकलाई प्राथमिकता दिदैँ झरनाको बेस क्याममा होमस्टेको तयारी समेत गरेको अध्यक्ष सेजुवालले बताए ।
पचाल भरना सम्म पुग्नका लागी अहिले पर्यटकलाई सडकको समस्या रहेको बताउँदै अध्यक्ष सेजुवालले अबको एक बर्ष पछि यो समस्या समाधान हुने बताए ।
झरना हेर्नको लागि सुर्खेतबाट पचालझरनाको बेस क्याम सम्म पुगेका डाक्टर डम्वर खड्का र नवराज केसीको टोलीले भने हिड्दा खेरी बाटो अलि अप्ठ्यारो भए पनि झरनाको मनमोहक दृष्य हेर्दा बाटोको अप्ठ्यारोको सबै दुखलाई भुलेको बताए ।
डाक्टर खड्काले भने, ‘नेपालको सबै भन्दा सुन्दर प्रदेश भनेको नै कर्णाली प्रदेश हो यहाँ जो कोहिले पनि एक पटक घुम्न जरुरी छ ।’
झरना हेर्न आउने जो कोहिलाई पनि खानाको र बस्नको लागी कुनै पनि कमी हुन नदिने पचालझरना गाँउपालिका वडा नं. ३ का वडा अध्यक्ष लोकजन कठायत प्रसिद्धको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया