कोरोना संक्रमीतका लागी सुन्दर नेपाल संस्थाको सहयोग


सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतलाई मर्सीकोर तथा युकेएडको सहयोग र सुुन्दर नेपाल संस्थाको सहसजीकरणमा सामाग्री सहयोग गरिएको छ ।
बुधवार कोभिड संक्रमण भई होम लाईसोलशनमा बसिरहेका बिरामीहरुका लागी सहयोग पु¥याउने लक्ष्यका साथ करिव साढे ४ लाख रुपैँया बराबरको स्वास्थ होम आईसोलेशन किट्स हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सामाग्री अन्तरगत थर्मल गन, अक्सी मिटर,माक्स, सेनिटाईजर, साबुन लगाएत गरि १ सय ४० थान स्वास्थ सामाग्री स्वास्थ्य शाखा प्रमुख पशुराम खड्का हस्तान्त्रण गरिएको भकारी परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत तपेन्द्र सावदले जानकारी दिए ।
सामाग्र िहस्तान्तरण कार्यक्रममा मर्सीकोरका क्लस्टर कोडिनेटर, भिम बास्तोला, सुन्दर नेपाल संस्था सुर्खेतका कार्यकारी निर्देशक भुपेन्द्र प्रसाद कँडेल र भकारी परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत तपेन्द्र सावद गाएतको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया