सल्यानमा राेपेकाे सय रोपनीभन्दा बढी खेत बाढीले बगायो


सल्यान । अविरल वर्षासँगै आएको बाढीले २० घरपरिवारका खेत बगाएर बगरमा परिणत गरिदिएको छ ।
करिब ७२ घण्टादेखि भएको अविरल वर्षाका कारण छत्रेश्वरी गाउँपालिका ४ मा सय रोपनीभन्दा बढी खेत बगाएको छ ।
निरन्तर आएको अविरल वर्षाले शारदा नदीको आसपासको खेत र जयचौरको एक सय रोपनी खेत बगाएर बगरमा परिणत भएको छ ।
खेतमात्र नभइ स्थानीयको बंगुर पालन फर्मसेत बगाएको बताइएको छ । स्थानीय बासिन्दाका अनुसार खेतमा रोपिएको धान तथा व्याडसमेत बाढीले बगाएको स्थानीयले बताएका छन् । खहरे खोलामा आएको बाढीले खेतमा रोपेको धानबाली पुरै नष्ट भएको छ ।

तपाईको प्रतिक्रिया