कोरोना संक्रमणबाट कर्णालीमा थप ४ जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काका अनुसार मृतकमध्ये सुर्खेत र दैलेखका दुई/दुईजना रहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ ।

प्रदेशभर आइतबार ३१३ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २२६ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २३९ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १५ हजार ७५१ पुगेको छ । कर्णालीमा सक्रिय संक्रमित ५ हजार ७२८ पुगेको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया