सुर्खेत । सरकारले थप खोप ल्याउन नसकेपछि सरकारले ६५ बर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउने नयाँ अवधि तोकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि भारतमा बनेको कोभिशिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउनुपर्ने भनेको थियो । तर अब दोस्रो डोज खोप १६ हप्तापछि लगाउने गरी अवधि तोकेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए ।
मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले भारतले पठाएको नयाँ नियमअनुसार कोभिशिल्ड खोपको दोस्रो डोज १२ देखि १६ हप्तासम्ममा लगाउन सकिने र नेपालले त्यसैअनुसार तयारी गरेको जानकारी दिए ।



दर्शन खबर । ११ जेष्ठ २०७८, मंगलवार