प्रदेश अस्पताललाइ संघ मातहतमा लैजान दिँदैनौं ; मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कणार्ली प्रदेश अस्पताल सुर्खेतलाई संघ मातहत जान नदिइने बताउनुभएको छ ।

प्रदेश सरकारअन्तर्गतको प्रदेश अस्पताललाई संघीय सरकार मातहत लैजाने भनी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको समाचारले प्रदेश सरकारको ध्यानाकर्षण भएको बताउँन्भयो ।

अस्पतालको क्षमता विस्तार गरी ३०० बेड बनाइएको छ भने हालसम्म करीब रु दुई अर्ब बजेट लगानी गरिएको छ तर व्यवस्थापन प्रभावकारी बनाउन आवश्यक रहेको शाहीको जोड छ ।

प्रदेशवासी र सरकारले चन्दा उठाएर भए पनि प्रदेश अस्पताल सञ्चालन गर्ने र राजनीतिक पूर्वाग्रही ढंगले लहडमा गरेको निणर्य मान्य नहुने उनको भनाइ थियो ।


तपाईको प्रतिक्रिया