काठमाडौँ । भुपु पाण्डेको चम्पा बोलको गित छोटो समयमै ट्रेन्डीङमा पर्न सफल भएको छ । गोविन्द लम्सालको शब्द तथा भुपु पाण्डेको स्वरमा रहेको गित अहिले युट्यबको ट्रेन्डीङ नम्वर ६ मा परेको छ ।
सार्वजनिक भएको केही दिनमै युट्युवको ट्रेन्डिङमा ६ नम्बरमा उक्लिएको छ । गीतमा भुपुलाई महिलाको आवाजमा मेलिना मैनालीले साथ दिएकी छन् ।
भुपु पाण्डेकै युट्युव च्यानलमार्फत म्युजिक भिडियो सहित सार्वजनिक भएको यस गीतको भिडियोको छायांकन राज पोखरेलले गरेका छन् भने सम्पादन मनोज कार्कीले गरेका हुन् ।
भिडियोको निर्देशन तथा अभिनय समेत भुपु पाण्ड स्वयंले गरेका छन् भने उनलाई अभिनयमा अनु परियारले साथ दिएकी छन्


दर्शन खबर । ६ जेष्ठ २०७८, बिहीबार