सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक दर्जन वढी खाध्य तथा किराना पसलमा छापा मरेको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीशमशेर रानामगर नेतृत्वकाे टोलिले वीरेन्द्रनगरका १४ वटा पसलमा छापा मारेकाे हो । प्रशासकीय अधिकृत श्रीशमशेर रानामगर सहित , ना.सु. नवराज बम, खरिदार पूर्ण बहादुर रावत, पत्रकार चिन्तामणी कडेल लगायत नेपाल प्रहरीका सुरक्षाकर्मी सहितको टिमले अनुगमन गरेकाे थियाे ।
अनुगमनका क्रममा बजारमा दाल, चामल, पिठो लगायतका खाद्य सामग्रीहरु अभाव नरहेको पाइएको छ भने धेरै जस्तो पसलहरुबाट म्याद नाघेका बिस्कुट, प्याकेट माछा, पानीपुरी, स्यवैन, दालमोट, चिजबल पेटी, फुरनदाना जफत गरी आगो लगाएर मंगलबरनै नष्ट गरिएको छ ।
अनुगमनमा प्राय पसलहरुमा मुल्यसुची नराखिएकाले टोलिले तुरुन्त अनिवार्य मुल्यसुची टाँस गर्न, ग्राहकहरुलाई निर्देशन दिदैँ खरिद गरेको समानको अनिवार्य बिल दिन र स्वास्थ्य मापदण्ड पालना गरी पसल संचालन गर्न समेत अनुराेध गरीएकाे छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरका लक्ष्मण जनरल स्टोर˒ शर्मा जनरल अडर एण्ड सप्लायर्स˒ पाण्डे किराना स्टोर्स˒ चिरन्जिवी जनरल स्टोर˒ असिम जनरल स्टोर˒ रुपेश जनरल स्टोर˒ कृष्ण जनरल अडर सप्लायर्स˒ विटु कृष्मा जनरल स्टोर˒ राजेश जनरल स्टोर˒ स्वणीम जनरल एण्ड अडर सप्लायर्स˒ एस पि सप्लायर्स˒ प्रिया जनरल स्टोस˒ न्यु हिमालि जनरल स्टोर लगायत एक दर्जन वढी खाध्य तथा किराना पसलमा अनुगमन गरेको हो ।



दर्शन खबर । ४ जेष्ठ २०७८, मंगलवार