भेरिगंगा । कोरोना संक्रीमितहरुका लागी पोसिलो आहारा र सुरक्षा सामाग्री बोकेर भेरिगंगा नगरपालिकाका उपप्रमुख सहितको स्वास्थ्यको टिम घरघरमै पुग्न थालेको छ । उप्रमुख रेणु आचार्यको नेत्तृत्वमा नगरका सबै वडाहरुमा पुगी कोरोना संक्रमितहरुकको स्थलगत निरिक्षण गर्ने, अण्डा, मास्क सेनिटाईजर हस्तान्त्रगा गर्ने र आवश्यक सल्लाह सुझाव दिन सुरु गरिएको हो ।
कोरोना संक्रमिहरुको मनोवल उच्च राखी उनिहरुको स्वास्थ्यलाई तन्दुरुस्त राख्नका लागी पोसिलो आहारा अन्तरगत अण्डा, तथा सुरक्षा सामाग्री अन्तरगत मास्क र सेनीटाईजर वितरण अभियान संचालन गरिएको नगरउपप्रमुख रेण आचार्यले नेपालदर्शनलाई जानकारी दिनुभयो ।
संक्रीतहरुका लागी पोसिलो आहारा र सुरक्षा सामाग्री वितरण गर्ने निर्णय अनुसार गरपालिका घरघरमा पुग्न थालेको पनी उहाँले जानकारी दिनुभयो । वडा नम्वर ६, ७, ८ र वडा नम्वमर ९ मो यो अभियान संचालन भईसकेको र अन्य वडामा जारी रहेको उपप्रमुख आचार्यले जानकारी दिनुभयो । नगरपालिकाले कंक्रमीतहरुका लगी नगर कोभिड अस्पताल संचालनमा ल्याई सेवा दिईरहेको छ ।






दर्शन खबर । ४ जेष्ठ २०७८, मंगलवार