
सल्यान । कोरोना भाइरस संक्रमणबाट सल्यानमा थप तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दुई जना छत्रेश्वरी गाउँपालिकाका रहेका छन् भने एक जना बागचौर नगरपालिकाका हुन्।
छत्रेश्वरी गाउँपालिका ६ की ७६ वर्षीया महिला, छत्रेश्वरी गाउँपालिका वडा न ७ का ५० वर्षीय पुरुष र बागचौर नगरपालिका वडा न ४ की ६३ वर्षीया महिला रहेका स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए।
उनका अनुसार ७६ र ६३ वर्षीया महिलाको गएराति होम आइसोलेसनमा मृत्यु भएको हो भने ५० वर्षीय पुरुषको जिल्ला अस्पताल सल्यानमा उपचार क्रममा मृत्यु भएको हो।
तीन जनाको मृत्यु भएसँगै सल्यानमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या २१ पुगेको छ।
जिल्लामा हाल ५ सय २७ सक्रिय संक्रमित छन्। जसमा सल्यान जिल्ला अस्पतालमा २५, संस्थागत आइसोलेसनमा ९ र होम आइसोलेसनमा ४ सय ९३ जना रहेका छन्।
आज शुक्रबार १७ जना कोरोना संक्रमित थपिँदा २१ जना भने डिस्चार्ज भएका सूचना अधिकारी डिसीले बताए। थाहाखबर


दर्शन खबर । ३१ बैशाख २०७८, शुक्रबार