स्वास्थ्यकर्मीलाई गिरिजाप्रसाद कोइराला फाउण्डेशनको सहयोग


सुर्खेत । गिरिजाप्रसाद कोइराला फाउण्डेशन कर्णाली प्रदेश अस्पताल र नगर अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पीपीई सेट सहयोग गरेको छ ।
विहीबार कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा अग्रपंक्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नेपाली काँग्रेसका सभापति कमलराज रेग्मीले प्रदेश अस्पतालका डा. नवराज केसीलाई ५० सेट पीपीई हस्तान्तरण गरेका हन् ।
डा. नवराज केसीले कोरोनाको संक्रमण दर बढ्दै गएजसरी मानवीय भावना पनि बृद्धि हुँदै गएको बताए । उनले मानवीय भावनाले सहयोग थोरै भए पनि महत्वपूणर् हुने उल्लेख गरे । सो अवसरमा जीपी कोइराला फाउण्डेशनका संयोजक ललित भट्टराई, काँग्रेस क्षेत्रीय सचिव गणेशकुमार पन्तलगायतको उपस्थिति थियो । यसैगरी सोही अवसरमा कटकुवास्थित नगर अस्पताललाई पनि २५ सेट पिपिई वितरण गरिएको छ ।

 

 

 


तपाईको प्रतिक्रिया