
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले दुई हप्ता निषेधाज्ञा थप्ने तयारी गरेको जनाएको छ । शुक्रबार रातीदेखि लागुहुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने तयारी भएकको छ जिल्ला प्रशासन कार्यलय सुर्खेतका प्राुख जिल्ला अधिकारी छविलाल रिजालले भने ।
बैशाख १५ गते देखी सुरु भएको निषेधाज्ञा भोली राती सकिदैछ । अब लागुहुने निषेधाज्ञा अवधिमा प्रशासन थप कडाई गर्ने तयारी गरेको छ । कोरोना संक्रमणसँगै मृतक संख्या बढ्दै गएपनि स्थानीयले निषेधाज्ञा उल्लंघन गर्न थालेपछि प्रशासन कडाई गर्ने तयारीमा लागेको हो ।
हालको स्थितीलाई हेर्दा निषेधाज्ञा थपेर कडाई गर्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । उनका अनुसार अब थपिने निषेधाज्ञा अवधिमा कोही कसैले पनि निस्फिक्रि हिडडुल गर्न तथा व्यवसाय संचालन गर्न पाउने छैनन् ।


दर्शन खबर । ३० बैशाख २०७८, बिहीबार