सुर्खेत । साउन महिनाको २८ र २९ गतेको अविरल वर्षापछि आएको विनासकारी बाढीले सुर्खेतको बराहताल गाउँपालिका वडा नम्वर २ का नागरिकहरु पूणर्रूपमा घरवारविहीन भए ।
गाउँपलिकाको वडा नम्वर २ सिस्नेरी र डोप्काका १५० भन्दा बढी बाडिपिडितहरु अहिले वीरेन्द्रनगर देखी १० किलोमिटर नजीक गिरीघाट खोला आसपासमा बस्दै आईरहेका छन् । विश्वभर फैलिएको कोरोना भाईरसको दोस्रो लहरका कारण भएको निषेधाज्ञाले छाक टार्न मुस्कील भएको गुनासो उनिहरुले गरेका छन् ।

दैनिक ज्याला मजदुरी तथा गिट्टी कुटेर जिवन निर्वाह गर्ने गरेका उनिहरु अहिले गिट्टी कुट्ने पेशानै बन्द भएपछी निरास बनेका छन् । गिट्टी कुटेरै ५ जनाको परिवार पाल्दै आएका याम बहादसर रजालीलाई अहिले साँझ विहान के खाले भन्ने चित्नाले सताउँदै गएको छ । लकडाउन नहुदाँ दैनीक २ देखी ३ सय रुपैयाँको गिट्टी बेचेर छाक टारेको थिए अहिले त त्यो पनी छैन, हामिले बनाएको गिट्टी खरिदनै गर्दैनन् । भेरि नदिमा डोजर लगाएर सामान उठाएको छ । हामिलाई खाने खाना छैन । रोई कराई गरेर ६० रुपैया कट्ठा गिट्टी बेच्थ्यौँ अहिले र त्यो पनी हरायो के गनै गहभरी आँसु पुछ्दै उनले भने, । ठुला साउले हाम्रोे रोजीरोटी खोसिदिएका छन्, उनी भन्छन् ।
गिटी कुटेर गुजारा चलाउँदै आएका अर्का बाडिपिडीत लाल बहादुर पुलामीको पिडा पनी उस्तै छ । विहान बेलुकाको छाक टार्न खोलामा रात दिन नभनी गिट्टी बनाए लकडाउन भयो ठेकेदारले हामिले बनाएको गिट्टी महगो भन्दै किन्न मान्दैदन्, के खाने नेता पनी बाकस थाप्न मात्रै आउँछन्, उनले दुखेसो पोखे । पुलामी भन्छन् अहिले के खाऊँ ? कसरी बाचौं भन्ने पीर बढेको छ ।




दर्शन खबर । २८ बैशाख २०७८, मंगलवार