स्वतः पद मुक्त हुदै प्रम ओली ।


काठ्माडौ ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त हुने भएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री स्वतः पदमुक्त हुने भएका हुन ।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको छ ।

प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारका लागि संसदको विशेष अधिवेशन बोलाएकी थिइन ।

तपाईको प्रतिक्रिया