विश्वविद्यालयको विएएलएलबीकाे संकायमा पुनः प्रवेश हुने

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय एमयुले लिएको विए एलएलविको प्रवेश परिक्षा पुनः हुने भएको छ । यसअघि विश्वविद्यालयले लिएको प्रवेश परिक्षामा धादली भएको भन्दै विद्यार्थिले विरोध जनाएपछी पुनः परिक्षा हुने भएको हो । परिक्षा यहि चैत २२ गते विहान साढे ११ वजे हुने भएको छ ।
विश्वविद्यालयले फागुन १७ गते लिखित र १८ र १९ गते मौखिक परिक्षा लिएको थियो । प्रवेश परिक्षामा प्रश्न पत्र बाहिरीएको र आफ्नालाई मध्येनजर गर्दै नतिजा प्रकाशन गरेको भन्दै विद्यार्थिले पटक पटक विरोध जनाउदै आएका थिए ।
आज विश्वविद्यालयले गरेको पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति डाक्टर नन्दबहादुर सिंहले विद्यार्थिको गुनासोलाई मध्येनजर गर्दै यसअघि लिएको प्रवेश परिक्षाको नतिजा रद्ध गरेको बताउनुभयो ।
अब विश्वविद्यालयले लिएको परिक्षामा ९५ प्रतिशत लिखित र ५ प्रतिशत मौखिकका आधारमा अब नतिजा प्रकाशित हुने उहाँले बताउनुभयो ।
अब विश्वविद्यालयले लोक सेवाका प्रतिनिधिलगायत अन्य सरोकारवालाको समन्वयमा प्रश्नपत्र र परीक्षा विधि अनुसार पुनः परीक्षा सञ्चालन गरिने बताउनुभयो ।
४५ जनाको कोटा रहेको उक्त परीक्षामा १ सय ९० जना परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये १ सय ५० जना विद्यार्थी पास भएका थिए। तीमध्येबाट बढी नम्बर ४५ जनालाई छनोट गरिएको थियो ।
यस्तै उपकुलपति सिहले विना प्रमाणका आधारमा अख्तियारले छापा मारेको आरोप लगाउनुभयो । अख्तियारसँग प्रमाण भेटाएको खण्डमा छानविनको लागि विश्वविद्यालय तयार भएको समेत उहाँको भनाई छ । विना प्रमाण छापामार्न खोज्नु विश्वविद्यालय माथी राजनिती गर्न खोजेको उहाँले आरोप लगाउनुभयो ।
हिजो साझँ मात्र अख्तियारले विश्वविद्यालयमा छापा मारेको थियो ।

तपाईको प्रतिक्रिया