पढ्न पाउँ भन्दै नगरपालिका पुगे विद्यार्थी


सुर्खेत । बीएएलएलबी पढ्न पाउनु पर्ने भन्दै प्लस २ मा कानुन संकाय पढेका विद्यार्थिहरुले वीरेन्द्रनगर नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् । मंगलवार सिद्धपाईला ईग्लीस मिडियम सकुल मा कानुन संकाय पढेका ११ जना विद्यार्थीहरुले नगर शिक्षा शाखा वीरेन्द्रनगरमा ध्यानाकर्षण पत्र बुझाएका हुनु ।
प्लस २ मा कानुन संकाय पढेका सम्पुणर् विद्यार्थिहरुलाई स्नातक तहको बिए एलएल बी पढ्ने वातावरण सृजना गरिदिनु पर्ने विद्यार्थी विष्णु विवेक ढुङ्गानाले बताउनु भयो । उहाँका अनुसार कानुन संकाय संचालन गर्नका लागि नगर शिक्षा शाखाले मनोमानी रुपमा विभिन्न विद्यालयलाई सम्वन्धन दिएको र अहिले मध्यपश्चीम विश्ववीद्यालयमा ४५ जनाले मात्रै स्नातक तह पढ्न पाउने भए पश्चात आफुहरु स्तानतक तह पढ्नबाट बन्चीत भएको विद्यार्थीहरुको साझा धारणा छ । कणर्ालीमा एउटामात्र विश्वद्यिालय भएको र सीमीत बिद्यार्थीमात्र भर्ना लिने भएकोले प्लस टु मा ल पढेका बिद्यार्थीहरुको भबिश्य अन्योलमा परेको उनिहरुको गुनासो छ ।
विद्यार्थी विष्णु विवेक ढुङ्गानाका अनुसार कानुन संकाय संचालन गर्नका लागि नगर शिक्षा शाखाले मनोमानी रुपमा विभिन्न विद्यालयलाई सम्वन्धन दिएको र अहिले मध्यपश्चीम विश्ववीद्यालयमा ४५ जनाले मात्रै स्नातक तह पढ्न पाउने भए पश्चात आफुहरु स्तानतक तह पढ्नबाट बन्चीत भएको विद्यार्थीको साझा धारणा छ ।
यसको जिम्मेवारी नगर शिक्षा शाखाले लिनुपर्ने र प्लस टु मा ल पढेका सम्पुणर् बिद्यार्थीहरुलाई स्नातक तहको बीए एलएल बी पढ्न पाउनुपर्ने उनिहरुले माग गरेका छन् । साथै कानुन संकायमा अनावश्यक रुपमा धेरै बिद्यालयलाई समबोधन नदिई आवश्यक ब्यवस्थापन गर्न सक्ने र आवश्यक जनसक्ती राख्न सक्ने बिद्यालयलाई मात्र सम्बोधन दिई आवश्यक भन्दाधेरै बिद्यालयलाई दिईएको संबोधन खारेज गर्न पनि उनिहरुको माग छ ।
यस विषयका शिक्षा शाखा वीरेन्द्रनगरका प्रमुख ललित सिंहलाई फोन सम्पर्क गर्दा उहाँको फोन उठेन ।

तपाईको प्रतिक्रिया