
सुर्खेत ।
शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको आयोजना तथा जनसेवा सामुदायीक सिकाई केन्द्र लेकवेशी–४, दशरथपुरको समन्वयमा सञ्चालन भएको ४५ दिने कटाई सिलाई तालिम सम्पन्न भएको छ ।
निर्देशनालयले महिला आयआर्जन कार्यक्रम अन्तर्गत गत माघ ५ गतेबाट सुरु गरेको ४५ दिने कटाई सिलाई तालिम बुधबार लेकवेशी–४, दशरथपुरमा एक कार्यक्रको आयोजना गरि फागुन २६ गते सम्पन्न गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि एवं प्रदेश सभा सदस्य सिता नेपालीले तालिमको समापन गर्दै ग्रामिण क्षेत्रमा सञ्चालन हुने यस्ता प्रकारका तालिमहरुले महिलाहरुको आयआर्जनमा बृद्धि हुने र महिलाहरु आफैमा आत्म निर्भर हुन सफल बन्न सक्ने भन्दै ग्रामिण क्षेत्रका महिलाहरुको जीवन स्तर उकास्नकोलागि यस्ता प्रकारका तालिमहरु अनिवार्य रुपमा सञ्चालन गरिनु पर्ने बताईन ।
यस्तै कार्यक्रमलाई सम्बोदन गर्दै जनसेवा सामुदायिक सिकाई केन्द्रको अध्यक्ष यज्ञ बहादुर रेग्मीले यस क्षेत्रमा तालिम सञ्चालन हुनुले सिकाई केन्द्रको लक्ष्ये र उद्देश्य संग मेल खाएको भन्दै आफुहरु गौराम्वित भएको बताए ।

कार्यक्रमको सभापती तथा शिक्षा विकास निर्देशनालयको शिक्षा अधिकृत विना थापाले आफुहरुलाई ग्रामिण भेगमा यस्तो प्रकारको तालिम सञ्चालन गर्नुले त्यस क्षेत्रका महिलाहरुको जीवन स्तर अवश्यपनि माथी उकास्नमा सहयोग पुग्ने महसुस भएकोले यो तालिमको आयोजना गरिएको बताइन ।
कार्यक्रममा तिलक प्रसाद पाण्डे, खड्क बहादुर घर्ती, राम बहादुर चपाई, रेस्मा विष्ट,राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवीहरु, जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
४५ दिन सम्म सञ्चालन भएको तालिम सम्पन्न भएपश्चात १६ जना महिलाहरुले प्रत्यक्ष रुपमा रोजगारी पाउने भएका छन ।


दर्शन खबर । २६ फाल्गुन २०७७, बुधबार