अन्तराष्ट्रिय महिला दिवश लेकवेशीमा पनी विभिन्न कार्यक्रम गरी मनाईयो

लेकवेशी । “महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” भन्ने मुल नाराका साथ १११ औँ अन्तराष्ट्रीय महिला दिवश लेकवेशीमा पनी विभिन्न कार्यक्रम गरि मनाईएको छ । सोमवार नगरपालिकाका १० वटै वडा तथा नगरपालिका रहेको स्थान कल्याणमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरि दिवश मनाईएको हो ।
वडा नम्वर ६ को कल्पना चोकबाट सुरुभएको र्‍याली स्याउली बजारमा गई जनचेतना मुलक नाचगान गरी नगर कार्यपालिकाको कार्यालयमा गई सभामा परिणत भएको थियो । कार्यक्रममा जनचेतनामुलक सडक नाटक प्रस्तुत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
नारी दिवसका अवसरमा सबैलाई शुभकामना दिदैं नगर प्रमुख गगन सिं सुनारले महिलाहरु पनि पुरुष जत्तिकै सक्षम भएकाले महिलालाई आरक्षण भन्दा पनि समान ब्यवहार र अवसरको आवश्यकता भएको बताउनु भएको थियो ।
कार्यक्रमका विशेष अथिति नगर उप-प्रमुख श्री शान्ती कुमारी छन्तेलले अझै पनि समाजमा विभेद विद्यमान रहेको र सो विभेदका लागी महिला स्वयंले सकारात्मक ढंगबाट आवाज उठाउन जरुरी रहेको कुरा ब्यक्त गर्नु भयो ।
साथै सभाका सभाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलले समानताका लागी नेतृत्व र प्रशासनबाट प्रयासका साथै महिलाहरुको सक्रिय सहभागीता नहुँदा सम्म विभेद पूणर्रुपमा अन्त्य नहुने भनाई राख्नुभएको थियो ।


तपाईको प्रतिक्रिया