बच्चा बोकेकी महिलामाथी जवरजस्ती करणी ,जाहेरी दर्ता गर्न मान्दैन प्रहरी

सुर्खेत । पसलको काम सकी आफ्नो ३ वर्षको बच्चा बोकेर घर जादै गरेकी एक महिला जवरजस्ती करणीको सिकार बनेकी छन् । सिम्ता गाउँपालिका वडा नम्वर ५ की नाम परिर्वतीत (विमला मगर ) लाई नेपाल आर्मिमा कार्यरत स्थानिय फकिर नाथ योगीले १२ गते साझको समयमा एक्लै भएको मौका पारी ललाई फकाई तथा डर धम्की देखाई करणी गरेकाे अाराेप पिडीत पक्षले लगाएकाे छ । ३ वर्षको बच्चा बोकी पसलबाट घर जादै गर्दा जंलमा एक्लै भएको मौक पारी जवरजस्ती करणी गरेको पिडितका बुवा राम बहादुर खत्रीले बताए । घटना भए लग्गतै ईलाका प्रहरी कार्यालय छिन्चुमा जाहेरी दर्ता गर्नका लागी पिडित पक्ष पुगेको छ । तर २४ घण्टा सम्म पनी जाहेरी दर्ता नभएको पिडित पक्षले बताएका छन् । उल्टै घटना मिलाउन दवाब दिएको पिडीत पक्षले बताएका छन् । ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरिक्षक माधव प्रशाद चौधरीले जाहेरी दर्ता नगरेको स्वीकारेका छन् । यस विषयमा चौधरीले बोल्न चाहेनन् ।


तपाईको प्रतिक्रिया