२० दिनका लागि बन्द गरिएको जुम्लाकाे विमानस्थल बुधबारदेखि सञ्चालनमा आउने

जुम्ला ।
यही बैशाख ८ गतेदेखि बन्द भएको जुम्ला विमानस्थल बुधबारदेखि सञ्चालनमा आउने भएको छ । विमानस्थलको स्तरोन्नति र मर्मतसम्भार गर्न २० दिनका लागि विमानस्थल बन्द गरिएको थियो ।
बिमान स्थलको स्तरोन्नतिको काम सम्पन्न गर्न २० दिन बन्द भएको विमानस्थल बुधबारदेखि सञ्चालनमा आउने विमानस्थल प्रमुख कैलाश शर्माले जानकारी दिदै उनले भने, ‘विमानस्थलको धावनमार्ग र पार्किङतिर घाँस उम्रनेदेखि पहिले गरेको कालोपत्र उप्किसकेकाले स्तरोन्नति गर्नु परेको हो ।’
विसं २०४० साल देखि जुम्ला विमानस्थल मर्मतको काम हुन सकेको थिएन । विमानस्थलको कालोपत्र उप्किएको, घाँस उम्रिएकाे कारणाले जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो ।
यस विमानस्थलबाट तारा, सीता, समिट र नेपाल एयरलाइन्सका जहाजले उडान भर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया