सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित

आर्थिक वर्ष २०७६/0७७ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदले विरोध जनाएका थिए ।

मंगलबार बसेको बैठकमा प्रतिपक्षी दलहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रम संशोधन गर्न प्रस्ताव राखेको थियो तर, उक्त प्रस्ताव बहुमतले अस्वीकृत गर्दै पारित भएको हो । गत २० वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसदमा तीन दिन छलफल भएको थियो ।

बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए । नीति तथा कार्यक्रम पारित भएपछि संसद बैठक तीन दिनका लागि स्थगित गरेको छ । (नयाँ पत्रिकाबाट)

तपाईको प्रतिक्रिया