ब्राउनसुगर सहित २ जना पक्राउ

सुर्खेत । ब्राउनसुगर सहित आइतबार २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नं। १० कालिकानगर बस्ने वर्ष २७ को सिर्जना गुरुङ् र सोही जिल्ला बैजनाथ गाँउपालिका वडा नं .१ गाभर बस्ने वर्ष २१ को बिशाल रोकाय रहेका छन ।
गुराँस गाँउपालिका वडा नं.२ तल्लो डुङ्गेश्वर प्रहरी चेकपोष्ट नजिकै सडक खण्डमा शंकास्पद अवस्थामा हिँडि राखेका निजहरुलाई खानतलासी गर्दा निजहरुको साथमा ४० पुडिया ब्राउन सुगर फेला पारिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गुरुङ्ले आफ्नो खुट्टाको मोजामा ४० पुडिया बनाई धागोले बेरेर लुकाईराखेको अवस्थामा ब्राउन सुगर  र रोकायाको साथबाट नगद रु.३४,०००।– फेला परेको थियो ।
दुबैको साथबाट फेला परेको ब्राउन सुगर र नगदलाई बरामद गरी दुवै जनालाई जिल्ला अदालत दैलेखबाट लागुऔषध मुद्दामा म्याद थप गरि थप अनसुन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया