लेकवेशीमा पारिवारिक निजी वन संघ स्थापना


युवराज पंगाली । सुर्खेत । पारिवारिक निजी वन संघ नेपाल लेकवेशीको अध्यक्षमा मुक्तीराम तिवारी चयन भएका छन् । विहीवार शाखा स्थापनाको लागी भएको लेकवेशी नगरपालिका पालिका स्तरिय भेलाबाट तिवारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ समीती चयन गरिएको हो । जसको उपाध्यक्षमा विर बहादुर सिजाली, सचिवमा मेनका राना, कोषाध्यक्षमा नन्द बहादुर सारु, सह सचिवमा प्रकाश बोहोरा र सदस्यहरुमा लिलाराम पौडेल, भरत राज रेग्मी, सविन राना र होम बहादुर परियार रहेका छन् । लेकवेशी नगरपालिकाकी प्रमुख शान्ती कुमारी छन्तेलको प्रमुख आतिथ्यता तथा पारिवारिक निजीवन सुर्खेतका अध्यक्ष प्रेम प्रशाद रिजालको अध्यक्ष्यतामा भएको भेलामा पारिवारिक निजी वन कर्णाली प्रदेशका सचिव विन्दुलाल रेग्मी लगाएत बन संग सरोकार राख्ने सरोकारवालाहरुको सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया