
सुर्खेत । कोरोना संक्रमण भई आईसोलेशनमा बसेकाहरुलाई कोरोनाको भन्दानी सर्पले टोकेर मरीन्छकी भन्ने चिन्ता रहेको छ । सुर्खेतको लेकवेशी नगरपालिका वडा नम्वर ४ दशरथपुरमा रहेका आईसोलेशनमा दिनहुँ जसो सर्प भेटिने गर्दछन् । नगरपालिकाले भने आईसोलेशनलाई व्यवस्थापन गरिहेको जनाएको छ । कोरोना संक्रमीत भई आईसोलेशनमा बसेका कसम गाहा भन्छन् । आईसोलेशनमा सर्पको डर छ । दिनहुँ जसो सर्पहरु देखिन थालेका छन् । उनले भने म सुत्ने कोठामा सर्प आएको थियो, बल्लतल्ल सर्प मारियो । अहिले नगरपालिकाले व्यवस्थापन गरेका आईसोलेशनहरु गुणष्तरहिन बनेका छन्, भने आईसोलेशन क्षेत्रमा झार जंगल बढेको छ, सौचालय अव्यवस्थीत रहेको छ ।
लेकवशी नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष खगेन्द्र बहादुर रुचाल पनी उक्त आईसोलेशनमा बसेका छन् । उनले भने आईसोलेसन व्यवस्थीत भएको कुनैपनी समस्या नभएको र आईसोलेसनमा सर्प नभेटिएको बताईरहेका छन् । यसरी आईसोलेशन व्यवस्थीत गर्नुको साटो
जनप्रतीतिधीनै यो घटना लुकाउन लागी परेको पाईएको छ । यता लेकवेशी नगरपालिकाका प्रमुख गगन सिं सुनारले भने सर्प भेटिएको कुरा आईसोलेशनमा बस्नेले आफुलाई जानकारी दिएको तर वडा नम्वर ४ का वडा अध्यक्षले भने उक्त कुरा गलत भएको बताएका कारण यस विषयमा कुनै पनी प्रतिक्रीया दिन चाहेनन् । कहि कतै कमजोरी भएको अवस्थामा व्यवस्थापन गरेर जाने नगर प्रमुख सुनारले बताए । यसरी जनप्रतीतिधीनै यो घटना लुकाउन लागी परेको पाईएको छ । यता लेकवेशी नगरपालिकाले भने कोरोना व्यवस्थापनमा अहिले भएको खर्च विवरण सार्वजनिक गर्न समेत सकेको छैन ।






दर्शन खबर । १७ आश्विन २०७७, शनिबार