खानेपानीको समस्या उस्तै


प्रतिमा परियार
कर्णालीमा १३ प्रतिशत जनसंख्या अहिले पनि आधारभूत खानेपानीको पहुँचमा छैन । यहाँका धेरै नागरिक खुला पोखरी, खोला–खोल्सा र नदीको दूषित पानी पिउन बाध्य छन् । कर्णाली प्रदेशका कतिपय बस्ती अहिले पनि आधारभूत खानेपानीको सुविधाबाट वञ्चित छन् । ती बस्तीहरूले खोला तथा नदीकै पानी प्रयोग गर्दै आएका छन । खानेपानीको सुविधा नहुँदा प्रदेशमा ठूलो जनसंख्या अझै पनि दूषित पानी पिउन बाध्य भएको हो । नेपालको संविधानले खानेपानी तथा सरसफाइलाई मौलिक अधिकारका रूपमा परिभाषित गरेको छ । सरकारले सन २०१९ मा सबै नागरिकको पहुँचमा आाधारभूतस्तरको खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको भए पनि अझै पूरा हुन सकेको छैन ।

प्रदेश सरकारले अबको चार वर्ष अर्थात विंस २०८० र ०८१ सम्म ६ सय खानेपानी आयोजना निर्माण गरी ९५ प्रतिशत नागरिकलाई आधारभूत खानेपानीको पहुँचमा पु¥याउने लक्ष्य लिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत जलश्रोत तथा उर्जा विकास महाशाखाका सिनियर डिभिजन इन्जिनियर रमेश सुवेदीले आर्थिक वर्ष २०८० र ०८१ सम्म एक घर एक धारा कार्यक्रममार्फत सात दशमलब ६१ प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य लिएको बताए ।

संघीय सरकारले सार्वजनिक गरेको ‘खानेपानी तथा सरसफाइको अवस्था चित्रण–२०७५ अनुसार कर्णालीमा अझै ५० हजार घरधुरी आधारभूतस्तरको खानेपानीबाट वञ्चित छन् । प्रदेशमा पाइप प्रणालीबाट वितरण गरिएको पानी ८० प्रतिशत जनसंख्याले प्रयोग गर्छन् । सुरक्षित श्रोतको पानी पिउने जनसंख्या भने दुई दशमलब ५१ प्रतिशत मात्र छ । त्यस्तै, ट्यूबवेल शून्य दशमलब ६५ प्रतिशत, आकाशे पानी शून्य दशमलब १३ प्रतिशत र कुनै पनि प्रणालीमा नसमेटिएका घरधुरी १५ प्रतिशत रहेको सरकारी तथ्याङ्क छ । यद्यपि उक्त तथ्याङ्क सार्वजनिक पछि प्रदेश सरकार तथा स्थानीय तहहरूले खानेपानीका नयाँ आयोजना सञ्चालन गरेर केही घरधुरीमा पानी आधारभूत सुविधा पु¥याएका छन् । प्रदेश सरकारले कर्णालीमा १३ प्रतिशत जनसंख्या आधारभूत खानेपानीको पहुँचमा नरहेको जनाएको छ ।
कर्णालीका केही बस्तीहरू अझै पनि भेरी, कर्णाली नदी र खोलाहरूको पानी प्रयोग गर्छन । गाउँमै खानेपानीको सुविधा नपुग्दा खोलाको पानी पिउनु उनीहरूको बाध्यता हो ।
सुर्खेतको चौकुने गाउँपालिका–२ बोलामा पनि खानेपानीको समस्या उस्तै छ । नजिकै कर्णाली नदी बगे पनि बोलाक बस्तीमा पानीको चरम अभाव छ । स्थानीय सन्तोष सुवेदीले वर्षौंदेखि कर्णालीकै पानी प्रयोग गर्ने गरेको बताए । त्यसरी नदीको पानी पिउँदा स्वास्थ्य समस्यादेखि पानी लिन जाँदासमेत जोखिम हुने गरेको उनी बताउँछन ।


तपाईको प्रतिक्रिया