
सुर्खेत १२ असोज । प्रदेश आयुर्वेदिक औषधालय सुर्खेतमा भिडियो एक्सरे र ल्याव सेवा संञ्चालनमा आएको छ ।
कर्णाली प्रदेशकै एकमात्र औषधालयमा भिडियो एक्सरे र ल्याव नुहदाँ महंगो शुल्क तिरेर निजि अस्पतालमा जानुपर्ने बाध्यता थियो ।
१८ लाखको लागतमा एक्सरे मेशिन मेशिन सुरुभएपछि सेवाग्राहीलाई सेवा दिन सहज भएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्पतालले अहिले अन्य सरकारी अस्पताल भन्दापनि सस्तो मुल्यामा भिडियो एक्सरे, ल्याब लगायतका सेवा दिईरहेको जनाएको छ ।
यस्तै औषधालयमा अत्याधुनिक डिजिटल ल्याब जडान गरेर सेवा समेत शुरुवात गरिएको छ । अन्य अस्पताल तथा निजि मेडिकल भन्दा छिटो छरितो र सहज रुपमा गुणस्तरिय सेवाहरु प्रदान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले जानकारी दिए ।
उहाँले कोभिट १९ का कारण आयुर्वेदिक औषधि तर्फ आकर्षण बढेको भन्दै सरकारले अव आयुर्वेदिक चिकित्सालाई प्रथामिकतामा राख्नुपर्नेमा जोड दिए ।
उहाँले औषधालयमा हाल कार्यालय प्रमुख सहित ८ जना दरवन्दीका र ८ जना करारका कर्मचारीबाट सेवा दिईरेहको बताए ।
बिश्वब्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भईरसको ब्यवस्थापनको निम्ति रोग प्रतिरोधात्मक क्षमता वृद्घि गर्नका लागी आर्युर्वेद नै उपयुक्त भएको र जसमा पनि गुर्जोको लरा तगायतका औषधि अति उपयोगी भएको ढकालको भनाई छ ।
कणालि प्रदेशका दश वटै जिल्ला लगायत अन्य प्रदेशबाट पनि गुर्जोको माग बढिरहेको ढकालले बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ढकालका अनुसार पछिल्लो समय अस्पतालबाट गुणस्तरिय सेवा दिएपछि सेवाग्राहीको चाप समेत बढ्न थालेको छ ।
अहिले औषधालयले ओपिडी, पञ्चकर्मा, क्षारसुत्र, शंख प्रक्षालय, फिजियोथेरापी, शिरोधारा लगायतका सेवाहरु दिईरहेको छ ।


दर्शन खबर । १२ आश्विन २०७७, सोमबार