लेकवेशी ३ मा नेकपा टोल कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न


सुर्खेत, १० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेकवेशी नगरपालिका वडा नम्बर–३, टोल कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटि लेकवेशी नगरपालिका वडा नम्बर –३, सुर्खेतले एक कार्यक्रमको आयोजना गरि टोल कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेपाल म्युनिष्ट पार्टी जिल्ला कमिटि सचिव एवं कार्यक्रमका प्रमुख अतिथि कृष्ण जिसी (जितेन्द्र)ले टोल कमिटिको सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण गराउदै जिसीले आगामी दिनहरुमा विकास निर्माण भनेको नेकपाको हातमा भएको बताउदै पार्टी भित्र आपसी सम्बध सुमधुर हुनुपर्ने बताए ।
यस्तै कार्यक्रमका विशेष अतिथि एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटि सदस्य गगनसिं सुनारले विगतका दिनहरुमा पार्टी फरक भएपनि विचार एउटै भएको हुनाले आगामी दिनहरुमा नेकपा एकजुट भएर जाने भन्दै विकास निर्माण नेकपाकै हातमा भएको उल्लेख गरे ।
कार्यक्रमका सभाध्यक्ष एवं लेकवेशी नगरपालिका वडा नम्बर ३ वडा कमिटिका अध्यक्ष तिलक प्रसाद पाण्डेले पार्टीको विधान अनुसार टोल कमिटिले लेकवेशीमै पहिलो भएर पूर्णता पाएकोे भन्दै आगामी दिनमा पार्टी सञ्चालनमा कुनै कसुर बाँकी नराख्ने बताए ।
कार्यक्रममा यज्ञबहादुर रेग्मी, तोयनाथ शर्मा, शान्तीकुमारी छन्तेल, टिकाराम सोमै, मदन गाहा, खड्गबहादुर घर्तीमगर, देबबहादुर राना लगायतका नेकपाका नेताहरु उपस्थिति रहेको थियो ।
कार्यक्रममा कोभिडलाई मध्यनजर गदै मास्क तथा सेनिटाइजरको समेत ब्यवस्था गरिएको थियो ।

तपाईको प्रतिक्रिया