हिल्सामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको गृहमन्त्री थापाको भनाई

सुर्खेत, १० असोज । हिल्सामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको गृहमन्त्री राम बहादुर थापाले स्पष्ट पारेका छन् । दार्चुलामा नयाँ निर्माण गरिएको सशस्त्र प्रहरीको गण उद्घाटन गरेर सुर्खेत आइपुगेका गृहमन्त्री थापाले परराष्ट्र मन्त्रालयले नै जानकारी दिईसेको अवस्थामा मिडियामा आएसरी नेपाली भूमि अतिक्रमण नभएको उल्लेख गर्दै देशभरमा बाढी र पहिरोले मानविय र धनजनको ठूलो क्षती पु¥याएकाले सुरक्षित आवास निर्माण गर्न सरकारले गृहकार्य गरेको उनले जानकारी दिए ।
कुन ठाउँ बढी जोखिम छ र कस्तो ठाउँमा बस्ती बसाल्दा उपयुक्त हुन्छ भन्ने प्रतिवेदन तयार गरिरहेकाले सोही प्रतिवेदनका आधारमा सुरक्षित बस्ती बसाल्ने तयारी भएको गृहमन्त्री थापाले उल्लेख गरे ।

यस्तै, गृहमन्त्री थापाले तत्कालै प्रदेशका मुख्यमन्त्रीहरु परिवर्तन गर्ने कुनै निर्णय नभएको समेत बताएका छन् ।
नेकपाको स्थायी कमिटीले केन्द्र र प्रदेशको सरकार पुनर्गठन गर्ने निर्देशन दिएको जानकारी गराउदै गृहमन्त्री थापाले सम्बन्धीत पक्षले निर्णय गर्र्ने तर अहिले नै मुख्यमन्त्री परिवर्तन गर्ने निर्णय नभएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया