कर्णालीमा २४ घण्टामा ४८ जना संक्रमित थपिए

सुर्खेत, १० असोज । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतबाट पुष्टि भएका ४८ जनासहित जम्मा कोभिड (१९, कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ६४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा निको भई डिस्चार्ज हुने १५ जना सहित जम्मा डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय १० पुगेको छ । हाल सम्म मृत्यु हुनेको संख्या ६ जना रहेको छ । शनिबार पुष्टि हुने ४८ जना मध्ये वीरेन्द्रनगर, सुर्खेतमा स्वाब संकलन भएका ४२ जना र वनगाड कुपिण्डे, सल्यानमा स्वाब संकलन भएका ६ जना रहेका छन् । जिल्लागत रुपमा सुर्खेतका ३६ जना, सल्यानका ६ जना, दैलेखका ३ जना र अन्य प्रदेशका ३ जना छन् । डिस्चार्ज हुने १५ जना मध्ये प्रदेश अस्पताल, सुर्खेतबाट ४ जना, गुर्भाकोट आइसोलेसन सेन्टर, सुर्खेतबाट २ जना र वीरेन्द्रनगर होम आइसोलेसन, सुर्खेतबाट ९ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा परीक्षण भएका ३ सय १० जनासहित कर्णालीमा हालसम्म जम्मा पीसीआर परीक्षण ७३ हजार १ सय ९२ जना रहेको सामाजिक वकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया