सुर्खेत, ०८ असोज । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ४८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टी भएको छ ।
प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ४८ जनामा संक्रमण देखिएको हो ।
संक्रमितहरु स्वास्थ्यकर्मी, पत्रकार, विद्यार्थी, सुरक्षाकर्मीहरु रहेका छन् । ती मध्ये अधिकांश सुर्खेतका रहेका छन् । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार नौ जना स्वास्थ्यकर्मी, एक जना पत्रकार, चार जना विद्यार्थीमा संक्रमण पुष्टी भएको छ । यस्तै नौ जना सुरक्षाकर्मीमा समेत संक्रमण देखिएको छ ।
अन्य बंैकका कर्मचारी, अन्य कर्मचारी, अस्पतालमा उपचारको लागि आएका बिरामीहरु र कन्ट्रयाक टे«सिङमा परेकाहरुलाई संक्रमण पुष्टी भएको हो । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या तिन हजार दुई सय ७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १७ जना निको भएर घर फर्कीएका छन् । यो संगै कुल संक्रमितको संख्या दुई हजार सात सय ३१ पुगेको छ । कर्णालीमा कुल संक्रमण पुष्टी भएका मध्ये हाल सम्म ६ जनाको मृत्यु भएको छ भने पाँच सय ३९ जना संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।


दर्शन खबर । ८ आश्विन २०७७, बिहीबार